साताको पहिलो दिनमै ओरालो लाग्याे नेप्से

काठमाडाैं, २७ कात्तिक । साताको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेकाे छ । गत साताको सोमबारदेखि ओरालो लागेको नेप्से आइतबारसम्म पनि नराेकिएकाे हाे ।

यस दिन नेप्से परिसूचक १०.५४ अंक घटेर १८८३.१६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.८३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा यस दिन २२५ स्टकको १८ हजार ४५ पटकको कारोबारमा ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको २० लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार लक्ष्मी इक्वीटि फण्डको इकाईमूल्य सर्वाधिक ७.९० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लक्ष्मी उन्नती कोषको इकाईमूल्य ३.७७ प्रतिशत बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ३.७४ प्रतिशत बढेको छ। यस दिन नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य सर्वाधिक ६.९० प्रतिशत घटेको छ भने निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ६.४० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। सो उपसमूहको परिसूचक यस दिन ०.६० प्रतिशत बढेको छ। यस दिन १२ उपसमूहको परिसूचक ओरालो लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *