भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल भारी मतले विजयी

काठमाडाैं, ७ मंसिर । भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का प्रेम सुवाल फराकिलाे मतान्तरका साथ विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार सुवाल ३० हजारबढी मतान्तरले विजयी भएका हुन् ।

सुवालले ४२ हजार ७६१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गरेका छन् ।

राप्रपाका भरतबहादुर खड्का ९ हजार ३०३ मत प्राप्त गरेका छन् ।