मायाका हत्या आरोपी प्रहरी जवान कोली पक्राउ
बैतडी, १८ मंसिर । बैतडीको पञ्चेश्वर ४ की पूर्व म्यादी प्रहरी माया लुहारको हत्या आरोपी सशस्त्र प्रहरी जवान भरत कोली पक्राउ परेका छन्।
प्रहरीका अनुसार कोली आइतबार बिहान कञ्चनपुरबाट पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रहरीका प्रवक्ता भोलाप्रसाद रावलका अनुसार कोली महेन्द्रनगरमा डुलिरहेकाे अवस्थामा पक्राउ परेकाे हो।
गत बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा मायाको शव शिवनाथ गाउँपालिका वडा नम्बर ६ को जंगलमा फेला परेको थियो।