डोल्पाकाे ठुलीभेरीमा १४ वर्षीया बालिका बलात्कृत
डोल्पा, १८ मंसिर । डोल्पाकाे ठुलीभेरीमा १४ वर्षीया बालिका बलात्कृत भएका छन् ।
प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेकाे अभियाेगमा ठुलीभेरी नगरपालिका-५ बस्ने २६ वर्षीय कुमार बुढालाई पक्राउ गरेको छ ।
बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा बलात्कार गरेकाे उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।