गठबन्धनको बैठक भोलि सोमबार दिउँसो बस्ने, प्रधानमन्त्रीमा माओवादी काे दावी

काठमाडौं, १८ मंसिर । पाँच दलीय गठबन्धनदलकाे समीक्षा बैठक भाेली सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

गठबन्धन बनाएर चुनावमा गएका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाको बैठक भाेली सोमबार दिउँसो बस्ने भएको हो।

चुनावपछि पहिलो पटक बस्ने गठबन्धनको औपचारिक बैठकमा चुनावको समीक्षालगाएत पद बाँडफाँड हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उनले भने, यस पटक प्रधानमन्त्रीमा माओवादीकाे दावी हुनेछ ।

मंसिर ४ को चुनावपछि कांग्रेस, माओवादी र समाजवादीका नेताहरु अनौपचारिक रुपमा बसे पनि सोमबार औपचारिक बैठक बसेर भावि सरकार गठनका बारेमा छलफल गर्ने तयारी गरेका छन्।

माओवादी केन्द्रकाे शनिबारकाे बैठकले गठबन्धन बाहेककासंग विकल्प खुल्ला राखेकाे बताए पनि आइतबार फेरी गठबन्धनलाइनै अघि बढाउने बताएका छन् ।