२६ सवारी लाइसेन्स निलम्बन गर्दै यातायात विभाग

काठमाडाैं, २१ मंसिर । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २६ वटा सवारी चालक अनुमती पत्र (लाइसेन्स) निलम्बन गर्न यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ।

कार्यालयले पाँच पटकभन्दा बढी नियम उल्लंघन गरेका २६ ओटा लाइसेन्स निलम्बन गर्न विभागमा पठाएको हो।

कार्यालयका सहप्रवक्ता एसपी अवदेश विष्टका अनुसार पटकपटक नियम उल्लंघन गर्ने सवारी चालकहरूको लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको हो।

ती मध्ये एक जनाले ३८ पटक सम्म सवारी नियम उल्लंघन गरेका चालक रहेकाे एसपी विष्टले बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *