आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित

काठमाडौं, २२ मंसिर । आईसीसी विश्वकप लिग अन्तर्गत नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ ।

लिग टूको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीय क्रिकेटमा स्कटल्याण्डले नेपाललाई पराजित गरेको छ ।

नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बिहीबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय २० रनको लक्ष्य स्कटल्याण्डले २ विकेट गुमाएर १६ ओभर ५ बलमा पूरा गरेको थियो ।

स्कटल्याण्डको जितमा क्रस्टोफर म्याकब्रिडिले अविजित ४६ तथा जर्ज मुन्सिले ४५ रन बनाएका थिए ।