निर्णायक बैठक बालुवाटारमा सुरू, टुंगो लाग्ला त सरकार गठन ?

काठमाडाैं, १० पुुुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माणका लागि दिएको सात दिनको समय आज पाँच बजे समाप्त हुँदैछ।

त्यस अघि गठबन्धनका दलहरू छलफलमा व्यस्त छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बसेर छलफल गरिसकेका छन् । बालुवाटार जानुअघि देउवाले आफू निकटका नेतासँग संवाद गरेका थिए भने प्रचण्डले पनि आफू निकटका संग बसेर सुझाव लिइसकेका छन् ।

माओवादी पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसलाई छोड्न नसक्ने निष्कर्ष निकालेका एक नेताले बताएका छन् । उता नेपाली कांग्रेसकाे राष्ट्रपति र प्रधानमन्त्री दुवै नछोड्ने अडान छ ।

प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउनका लागि बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा छलफल भइरहेपनि देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुन सकेको छैन ।

सरकारको नेतृत्व पहिले कांग्रेसले गर्ने वा माओवादी केन्द्रले भन्ने निर्णयका लागि गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।