गठवन्धन टुट्नसक्ने सम्भावना, बैठकबाट बाहिरिए प्रचण्ड

काठमाडाैं, १० पु्स । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक छलफल नसक्दै बैठकबाट बाहिरिएका छन् । अध्यक्ष ‘प्रचण्ड बाहिरिएपछि गठवन्धन टुट्नसक्ने सम्भावना बढेकाे छ ।

शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि अध्यक्ष प्रचण्ड बालुवाटारबाट बैठक नसकिंदै बाहिरिएका हुन् ।

सरकार निर्माणबारे निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रचण्ड नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि बाहिरिएकाे माओवादी केन्द्रका एक नेताले बताए ।

बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल पनि पुगेका थिए ।

नेपाली कांग्रेसले जनमतको आधारमा आफूले नै प्रधानमन्त्री र राष्ट्रपति पद पाउनुपर्ने अडानमा छ भने माओवादीले पूर्व समझदारी अनुसार प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गरेको छ ।