पद बहालीसंगै मन्त्रिपरिषदको निर्णय : पासपोर्ट र लाइसेन्स कार्यालयको सुधार हुन्छ

काठमाडौं, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद बहालीसंगै पासपोर्ट र लाइसेन्स कार्यालयको सुधार गर्ने बताएका छन् ।

मन्त्रिपरिषदको पहिलो बैठकमा राहदानी र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको हो ।

राहदानी र सवारी चालक अनुमतिपत्र कार्यालयमा नागरिकले बढी सास्ती खेप्नु परेकाेले अब त्यस्ताे नहुने गरी काम गर्न निर्देशन दिने निर्णय भएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ ।

यस्तै नव गठित मन्त्रिपरिषद्को पहिलो बैठकले प्रतिनिधि सभाको बैठक बोलाउने बारे पनि निर्णय गरेको छ ।