म्याच फिक्सिङको प्रमाण भए उजुरी दिनुहाेस : क्यान

काठमाडाैं, २० पुस । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार भएकाे खेलमा म्याच फिक्सिङ भएकाे हल्ला बारे कुनै प्रमाणहरु फेला परे क्यानमा उजुरी दिन अनुरोध गरेको छ ।

क्यानले आज एक विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङको विषयमा कुनै प्रमाणहरु भए प्रमाण सहित क्यानमा बुझाउन अनुरोध गरेको हाे ।

त्यस्तै क्यानले म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक भएको पनि बताएको छ ।

‘म्याच फिक्सिङ भयो भन्ने हल्ला भ्रामक हो । यदि यो विषयमा कुनै प्रमाण भए क्यानलाई बुझाएर सहयोग गरिदिनु होला,’ क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।