मन्त्रिपरिषद्काे बैठक सिंहदरबारमा बस्दै

काठमाडौं, २८ पुस, । मन्त्रिपरिषदको बैठक आज सिंहदरबारमा बस्दै छ । बैठक बिहान ११ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक मन्त्रालयगत नियमित एजेण्डा र सरकारका कामकारबाहीमा केन्द्रित हुने बताइएको छ ।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए ।