विमान दुर्घटना

माघ २ गते शोक बिदा दिने सरकारको निर्णय

काठमाडौं, १ माघ । सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

आज १०ः३३ बजे काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा स्थित सेती नदिको खोँचमा दुर्घटना भएको थियो ।
जहाजमा चालक दलका ४ सदस्य र ६८ यात्रुसहित ७२ जना सवार थिए।

पाइलट कमल केसीले जहाज उडाएका थिए।