एमाले अध्यक्ष ओली र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता

काठमाडाैं, ४ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आज शिष्टाचार भेट गर्नुभएको छ ।

ओली निवास बालकोटमा उहाँहरूबीच भएको भेटमा नेपाल र चीनको हित र चासोका विविध पक्षबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

राजदूत सोङले केही दिनअघि ओहोदाको प्रमाणपत्र ग्रहण गरेसँगै आफ्नो भेटघाट बढाउनुभएको हो ।