राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते हुने
काठमाडौं, १६ माघ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तय गरेको छ ।
आयोगले आज आउँदो फागुन २५ गते राष्ट्रपतिको र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी मिति तोकेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
आयोगले नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।