माओवादी स्थायी कमिटी बैठक अपरान्ह बस्दै, एजेन्डा के-के छन् ?

काठमाडौं, २० माघ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

बैठक दिउँसो ३ बजे बस्ने जनाइएकाे छ । बैठकमा राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्यूरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजन लगायतका विषयम छलफल गर्ने तयारी छ।

यसअघि बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको बताएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *