रास्वपाको बैठक सुरू : सरकारमा बस्ने वा बाहिरिने भन्ने ठोस निर्णय हुने

काठमाडाैं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सुरू भएको छ।

पार्टी कार्यालय बसुन्धरामा सुरू भएको बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्ने ठोस निर्णय लिने बताइएको छ।

नागरिकता प्रकणमा दोषी ठहर लामिछानेले यसअघि उपप्रधान एवं गृहमन्त्री, पार्टी सभापति पद गुमाएका थिए।

गत आइतबार पुनः नागरिकता प्राप्त गरेपछि उनले फेरि मन्त्री बन्न दौडधुप गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उनलाई गृह मन्त्रालय नदिने अडानमा छन् ।