प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओली भेट्न बालकोट

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज बिहान ओली निवास वालकाेटमा समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे छलफल भएको छ।

पछिल्लो समय नेपाली कांग्रेस गठबन्धन टुटाउने खेलमा सक्रिय भएपछि भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न भैरहेको छ ।

सत्ता गठबन्धनभित्र प्रधानमन्त्री माओवादी केन्द्रले लिएपछि राष्ट्रपति एमालेले पाउने सहमति छ तर, प्रचण्डले भने आफ्नो रोजाइको व्यक्तिलाई राष्ट्रपति बनाउन सहमत भएको हो कि भन्ने संशय एमालेमा देखिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *