सट्टेबाजीकाे आशंकामा त्रिवि क्रिकेट मैदानबाट एकजना पक्राउ

काठमाडौं, ५ फागुन । प्रहरीले सट्टेबाजी गरेको आरोपमा त्रिवि क्रिकेट मैदानबाट एक जनालाई पक्राउ गरेको छ ।

नेपाल र स्कटल्याण्डबीच भइरहेको खेलमा सट्टेबाजीकाे आरोपमा एक जना नेपालीलाई पक्राउ गरेको हो ।

बेटिङमा संलग्न रहेको आशंकामा उनलाई पक्राउ गरेकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएकाे छ ।

मैदानमा आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत खेल भइरहेकाे छ ।