माओवादी केन्द्रको बैठक मुख्यालय पेरिसडाँडामा बस्दै

काठमाडाैं, ८ फागुन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ ।
माओवादी नेता मातृका यादवका अनुसार बैठक सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा बस्दैछ ।
हिजै मात्र कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
एमालेले पुस १० गतेकाे सहमति अनुसार नेकपा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएकाे थियाे भने राष्ट्रपति एमालेले लिने सहमति भएकाे थियाे ।