राष्ट्रपतिबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा

काठमाडौं, ८ फागुन । राष्ट्रपतिबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पुस १० गते माओवादीले राष्ट्रपति एमालेबाट हुने सहमति गरेको थियो । पछिल्लो समय माओवादी त्यो सहमतिबाट पछि हटेर राष्ट्रिय सहमतिको रटानमा छ ।

पेरिसडाँडास्थित पार्टी मुख्यालमा जारी पदाधिकारी बैठकमा राष्ट्रपतिबारे कुन पार्टीको उम्मेदवारलाई सघाउने भन्नेबारे कन्द्रित रहेको माओवादी नेताहरुको भनाई छ । बैठक अघि सञ्चारकर्मीहरुसँग कुराकानी महासचिव देव गुरुङले राष्ट्रपतिको विषयलाई सत्ता गठबन्धनसँग नहुने बताउनु भएको थियो ।

पछिल्लो समय नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने विषयले समेत चर्चा कमाइरहेका बेला बैठक अघि प्रधानमन्त्री प्रचण्डले नेपालसँग भेट गर्नुभएको थियो । माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबिच भेट भएको थियो । एमाले पुस १० को सहमति अनुसार राष्ट्रपति एमालेबाटै हुनुपर्ने अडानमा छ ।