वकिलको निवेदन पश्चात सन्दीपविरुद्धको मुद्दाको फैसला स्थगित

काठमाडौं, १३ चैत्र । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी लामिछाने पक्षका वकिलको निवेदनमा स्थगित गरिएको हो ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो । यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

सन्दीपलाई थुनामुक्त गर्ने उच्च अदालतको आदेश सर्वोच्चले सदर गरेपछि लामिछाने २० लाख रूपैयाँ धरौटीमा रिहा भएका थिए । हाल लामिछाने खेल जिवनमा फर्किएका छन् ।