रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अनिल सिन्हाको इजलासमा
काठमाडौं, २१ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध परेको मुद्दाको प्रारम्भिक सुनवाइ आजबाट हुँदैछ ।
मुद्दा सर्वोच्च अदालतमा न्यायाधीश अनिल सिन्हाको इजलासमा परेको छ । सिन्हाको इजलासमा लामिछानेविरुद्धको रिट नवौँ नम्बरमा रहेको छ।
लामिछाने विरुद्ध नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै युवराज सफलले सोमवार रिट दायर गरेका थिए ।
अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिएपनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधीवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग रिट निवेदक युवराज सफलले गरेका छन्।