सभामुख निवासमा शीर्ष नेताहरु छलफलमा, के–के विषयमा हुँदैछ कुराकानी ?

काठमाडौं, २८ चैत । बालुवाटारस्थित सभामुख देवराज घिमिरे निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ ।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी हुनुहुन्छ । यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा रहनुभएको छ ।

सभामुख दाहालले संसदीय सुनुवाइ समिति गठन, संघीय संसद्को संयुक्त कार्यसंचालन नियमावली निर्माण र विधेयकलगायतका विषयमा सभामुखले दलहरूबीच छलफल हुनुपर्ने भन्दै यसअघि पनि नेताहरुलाई छलफलमा बोलाउनु भएको हो ।