बिस्का जात्रा: रथलाई गःहिटी पुर्‍याइयो

भक्तपुर, २८ चैत । आठ रात नाै दिन सम्म चल्ने भक्तपुरकाे एतिहाँसिक बिस्का जात्राका लागि तानिएको भैरबको रथ आज बिहान गःहिटी पुर्‍याइएकाे छ ।

रथ सुरुमै माथिल्लो टोलकाले लैजाने क्रममा रथलाई सुकुलढोका, इनाचो हुँदै मध्य राति १ः३० बजे दत्तात्रय नजिक रथलाई पुर्याएका थिए ।

साेही रथ हिजै तानेर गःहिटी पुर्याउनुपर्ने थियाे तर मध्यराति ढुङ्गा हानाहान भएपछि दत्तात्रयमै राख्नुपरेको थियो ।

हिजोदेखि सुरु भएको जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि करिब १ बजेतिर ढुङ्गा हानाहान भएको थियो ।

ढुङ्गा हानाहान बिहान ४ बजेसम्म हुँदा २३ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीका अनुसार घाइते सबैको उपचार पछि राति नै घर फर्किएका छन् ।

प्रहरी उपरीक्षक केसीले ढुङ्गा हान्दै गरेका दस जनालाई राति नै पक्राउ गरेको जनाएकाे छ भने अन्यकाे सिसी क्यामरा तथा अरु माध्यमबाट पहिचान गरी पक्राउ गरिने बताए ।

”भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । रथको अगाडि र पछाडि राखिने डोरीलाई अष्टमात्रिका गणका रूपमा लिने गरिन्छ । विक्रम संवत् अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात् सर्प मर्यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *