दाङमा ९ वर्षीया बालिका बलात्कृत
दाङ, १० वैशाख । दाङमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
९ वर्षीया बालिकालाई बलात्कार गरेकाे अभियोगमा घोराही उपमहानगरपालिका-१ बाहुनटाढी बस्ने २१ वर्षीय राम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
नेपालीले बालिकालाई ललाई फकाई सोही ठाउँस्थित खरबारीमा लगी बुधबार बलात्कार गरेकाे उजुरीको आधारमा जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
प्रहरीले नेपालीलाई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
