चितवनकाे नयाँकिरण माविकाे मतदानस्थलमा तनाव, मतदान स्थगित

चितवन, १० वैशाख । चितवन क्षेत्र नं २ को भरतपुर महानगरपालिका अन्तरगत् नयाँकिरण माविमाकाे मतदानस्थलमा तनाव भएपछि मतदान स्थगित गरिएकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै मतदान प्रक्रिया स्थगित भएको हाे ।

यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो । अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिनुभयो ।

नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको भन्दै अन्य दलका प्रतिनिधिले आवाज उठाएका छन् । सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

आज बिहान ७ बजेबाट मतदान जारी छ । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान जारी रहेको छ ।

आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।