संसदीय समितिमा रहने एमाले सांसदहरूको यस्तो छ सूचि, अन्तराष्ट्रियमा ओली

काठमाडौं, १५ वैशाख । नेकपा (एमाले) ले संसदीय समितिमा रहने आफ्ना सांसदहरुको सूची बुझाएको छ । प्रतिनिधिसभाका दशवटा विषयगत समिति तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीवाट प्रतिनिधित्व गर्ने सदस्यको नाम सभामुख देवराज घिमिरेलाई बुझाएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय सबन्ध समितिमा हुनुहुन्छ ।

अर्थ समितिमा उपाध्यक्ष बिष्णु पौडेल हुनुहुन्छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा उपाध्यक्ष सुवास नेम्वाङ हुनुहुन्छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ राज्यव्यवस्था तथा सुशासन समितिमा हुनुहुन्छ । त्यसैगरी सार्बजनिक लेखा समितिमा सचिव योगेश भट्टराई हुनुहुन्छ । पूर्वाधार विकास समितिमा सचिव गोकर्ण विष्ट हुनुहुन्छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छविलाल विश्वकर्मा हुनुहुन्छ ।

त्यस्तै महिला तथा सामाजिक मामिला समितिमा टोपबहादुर रायमाझी हुनुहुन्छ । प्रमुख दलहरुबीच भएको सहमतिअनुसार एमालेले सार्वजनिक लेखा समितिका र अर्थ समितिको सभापति पाउने छ । त्यसै राष्ट्रियसभाको राज्यको निर्देशक सिद्धान्त तथा निर्देशक समितिको नेतृत्व पनि एमालेले गर्ने छ ।

एमालेले संसद सचिवालयमा बुझाएको बिवरण यस्तो छः

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिः
केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर बैरागी

कानुन, न्याय तथा मानव अधिकार समितिः
सुवास नेम्वाङ, महेशकुमार बर्तौला, मनबहादुर गुरुङ, किरणकुमार साह, नैनकला थापा, प्रतिक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्मा

अर्थ समितिः

विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्यबहादुर थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगर

सार्वजनिक लेखा समितिः
योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणी राना बराइली

राज्यव्यवस्था तथा सुशासन समितिः
पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेल

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिः रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरी

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिः
ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव, मानवीर राई र सूर्यकुमारी श्रेष्ठ

महिला तथा सामाजिक मामिला समितिः
टोपबहादुर रायमाझी, ईश्वरीबहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवी

पूर्वाधार विकास समितिः
गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला देवकोटा, दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्ता

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिः
छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राई