रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

काठमाडौं, १५ वैशाख । उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गर्नुभएकाे छ ।

सभामुख देवराज घिमिरेले संघीय संसद सचिवालयमा एक समारोहबीच उहाँहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएकाे हाे ।

गत वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने, तनहुँ १ बाट स्वर्णिम वाग्ले र बारा २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव निर्वाचित हुनुभएकाे थियाे ।

बारा–२ बाट निर्वाचित हुनुभएका यादव भने काठमाडौं बाहिर हुनुभएकाेले शपथ ग्रहणमा अनुपस्थित भएका छन् ।

लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ संगै लोगो वितरण गर्नुभएकाे छ ।