नक्कली भुटानी शरणार्थी प्रकरण

सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, २० वैशाख । जिल्ला अदालत, काठमाडौंले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

तत्कालीन गृहसचिव पाण्डेले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई लाई सहयोग गरेको देखिएको भन्दै प्रहरीले उनलाई बुधबारै पक्राउ गरेको थियो ।

पक्राउपछि जिल्ला अदालत काठमाडौंमा उनलाई उपस्थित गराइएको थियो । अदालतले उनलाई तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

पाण्डेलाई सिंह दरबार प्रहरी वृत्तको हिरासतमा राखिने भएको छ । उनीसँगै प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ।