प्राधिकरणद्वारा सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक
काठमाडौं, २४ वैशाख । सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले संखुसाभसभाको भोटखोला गाउँपालिकमा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेपछि यस्तो प्रतिबन्ध लगाइएको हो ।
प्राधिकरणले सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेपछि अन्य एयरक्राफ्टहरुको चेकजाँच नभइन्जेलसम्मका लागि सिम्रिकका हेलिकप्टर उडान रोकिएको हो ।
उडानका क्रममा सिम्रिकले हवाई सुरक्षा मापदण्डहरु पालना गरे/नगरेकोबारे प्राधिकरणले अनुसन्धान थालेको छ ।
शुक्रबार सिम्रिक एयरको हेलिकप्टर दिउँसो अरुण तेस्रोको सामान बोकेर जाँदा संखुवासभाकाे भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखा भन्ने स्थानमा दुर्घटना भएकाे थियाे ।