चन्द्रागिरिमा एक महिलाले गरिन् आत्मदाह
काठमाडौं, ६ जेठ । काठमाडौंकाे चन्द्रागिरिमा एक महिलाले शरीरमा आगो लगाएर आत्मदाह गरेकी छन् ।
काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँमा बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आफ्नै शरिरमा आगो लगाएर आत्मदाह जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
रामेछाप घर भई चन्द्रागिरि ९ मच्छेगाउँ बस्ने श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।
प्रहरीका अनुसार श्रेष्ठले शरीरमा आगो लगाएर छटपटिंदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।
अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको कीर्तिपुर बर्नअस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस सम्वन्धमा अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।