प्रयोगविहीन अवस्था सरकारी गाडी छ महिनाभित्र लिलामी गरिने

काठमाडाैं, १५ जेठ । सरकारले योगविहीन अवस्थामा रहेका सरकारी गाडी छ महिनाभित्र लिलामी गर्ने भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा योगविहीन अवस्थामा रहेका गाडी छ महिनाभित्र लिलामी गर्ने बताउनुभएकाे हाे ।

उहाँले सरकारी निकायमा भएका पुराना र प्रयोगविहीन अवस्थामा रहेका सवारी साधन छ महिनाभित्र लिलाम गरिने बताउनुभयाे ।