राष्ट्रपति कार्यालय अघि विधेयकका विरुद्धमा अनेरास्ववियुको खवरदारी, आधा दर्जन बढी पक्राउ (भिडियोसहित)

काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले एकपछि अर्को गर्दै राष्ट्रघाती कामलाई प्राथमिकता दिन थालेपछि त्यसको विरुद्धमा अनेरास्ववियुले राष्ट्रपति कार्यालय अघि विरोध प्रर्दशन गरेको छ । गणतन्त्र दिवसको अवसरमा सर्वोच्चले समेत जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई आममाफी दिएर ओलोचित राष्ट्रपतिले ‘कोमा’मा रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका गरेपछि अनेरास्ववियु थप आक्रोशित बनेको हो ।

राष्ट्रपति एकपछि अर्को गर्दै राष्ट्रघाती र विवादित कदममा हौसिन थालेपछि अनेरास्ववियुले खवरदारी गर्दै विरोध गरेको जानकारी दिएको छ । अनेरास्ववियुका सचिव सञ्जिव धिताले जानकारी दिनुभयो । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट भारतको चार दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्रीको भारत भ्रमणकै दिन नागरिकता विधेयक प्रमाणीकरण गर्ने कुरा राष्ट्रघाती काम हो,’ धितालले भन्नुभयो, ‘अघिल्लो संसदका दुवै सदनले पारित गरेर नागरिकता विधयेक प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ दुईपटक पठाएको थियो । भण्डारीले देशको हितविपरितका कतिपय प्रावधान रहेको र महिलाविरोधी रहेको भन्दै सो विधेयक प्रमाणित नगरी संसदमा फिर्ता पठाउनु भएको इतिहास छ ।’

पटकपटक राष्ट्रपतिले फिर्ता गराउँदा पनि पुनः संसदबाट जस्ताको तस्तै पारित गरेपछि भण्डारीले आफू राष्ट्रपति रहन्जेल भण्डारीले त्यसलाई थन्क्याउनु भएको थियो । अहिले त्यहि कोमामा रहेको विधेयक हतारहतार पारित गरेर राष्ट्रपतिले राष्ट्रघाती काम गरेपछि सर्वत्र त्यसको विरोध भएको छ । राष्ट्रपति कार्यालय अघि गरिएको विरोधमा प्रहरीले अनेरास्ववियुका सचिव प्रकाश पौडेल, सचिव दिपेश प्रसाईं, विनिता काफ्लेलगायत आधा दर्जन बढीलाई पक्राउ गरेको छ ।