नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं, २१ जेठ । हालै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गर्नुभएकाे नागरिकता विधेयकमाथि परेको मुद्दाको रिटमा आज सुनुवाइ हुँदैछ ।
राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएकाे विधेयक असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले दर्ता गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो ।
रिटमा राष्ट्रपतिले गरेको प्रमाणीकरण असंवैधानिक भएकाले लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणकै दिन राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएकाे थियाे ।