नेमकिपाले गर्याे नागरिकता विधेयक प्रमाणीकरणकाे विरोधमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं, २१ जेठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा बृहत प्रदर्शन गरेको छ ।

नेमकिपाले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रघाती भएकाे भन्दै आज विहान काठमाडाैंकाे काेटेश्वरबाट जुलुस निकालेर नयाँ बानेश्वरमा आएर प्रदर्शन गरेको हो ।

नेमकिपाले प्लेकार्डमा अतिक्रमित भूमि फिर्ता गर, भारतीय विस्तारवाद र एकाधिकार पुँजी मुर्दावादलगाएतका नारा लेखेर प्रदर्शन गरेकाे थिए ।

नेमकिपाकाे एसपीपी सम्झौता खारेज गर्नुपर्ने, नेपाली भूमि मिचिएको भारतीय नक्सा खारेज गर्नुपर्ने, प्रमाणीकरण गरिएको विधेयक खारेज गर्नुपर्नेलगाएतकाे माग छ ।(तस्बिरहरू)