रौतहटमा पानी थाप्दा करेन्ट लागेर दुई जनाकाे मृत्यु
रौतहट, २ असार । रौतहटमा पानी थाप्दा करेन्ट लागेर दुई युवकको मृत्यु भएकाे छ । राैतहटकाे बौधीमाई नगरपालिका- ५ कोपवा टोलमा करेन्ट लागेर दुई युवकको मृत्यु भएको हाे ।
मृत्यू हुनेमा स्थानीय ३० वर्षीय अरुण कुमार साह र २८ वर्षीय पण्डित कुम्हाल छन् । धारामा पानी थाप्ने क्रममा विद्युतीय मोटरमा करेन्ट सटभई दुबै जनालाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाईते दुबै जनालाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको र उपचारका क्रममा राति नै उनीहरुको मृत्यु भएको इलाका प्रहरी कोपवाले जनाएको छ ।
मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
