काठमाडौंमा सहकारी पीडितहरूको बृहत प्रदर्शन

काठमाडौं, ३१ असार । गत जेठ २० गतेदेखि माइतिघरमा धर्ना बस्दै आएका सहकारी पीडितहरूहरूले बानेश्वरमा बृहत प्रदर्शन गरेका छन् ।

सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति नेपालकाे आयाेजनामा सहकारी पीडितहरूहरूले आइतबार माइतीघर देखि बानेश्वरसम्म बृहत प्रदर्शन गरेका हुन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै आन्दाेलनमा उत्रिएका छन् ।

विभिन्न सहकारीबाट ठगिएका सहकारी पीडितहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहितकाे रकम फिर्ता गर्नुपर्नेलगाएतकाे माग राखि प्रदर्शनमा उत्रेका थिए ।

सहकारी पीडितहरूले आज नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला पनि लगाएका छन् । उनीहरूले ४५ दिनदेखि माइतीघरमा बसेर विभिन्न विरोध, धर्ना गरिरहेका छन्।