प्राधिकरणका कुलमानको दोस्रो ‘इन्ट्री’ को खराब सन्देश, प्रक्षेपण भन्दा ८ अर्व घट्दै नाफा

काठमाडौं, ६ साउन । नेपाल विद्युत प्राधिकरणमा दोस्रो कार्यकालका कार्यकारी निर्देशकको जिम्मेवारीमा कुलमान घिसिङको ‘इन्ट्री’ खराव संकेतका रुपमा देखिएको छ । विधुत प्राधिकरणमा पहिलो कार्यकाल बिताएर घिसिङ २०७७ भदौमा बिदा हुनुभएको थियो । फेरि उहाँ २०७८ साउनमा माओवादीको जोडबलमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा पुनः नेतृत्वमा आउनुभयो । बीचमा करीब आठ महिना हितेन्द्रदेव शाक्यले प्राधिकरणको नेतृत्व सम्हाल्नु भयो । त्यसबाहेक पछिल्लो ७–८ वर्षदेखि प्राधिकरणको नेतृत्वमा घिसिङकै हालिमुहाली रहँदै आएको छ ।

कुनै समय आफ्नै कारण प्राधिकरणलाई नाफामा लगेको भन्दै आफ्नो विज्ञापनमा अधिक समय खर्च गर्दै आउनु भएका घिसिङको प्रचारमुखी शैलीलाई धेरैले पत्याइ दिएका पनि थिए । तर, दोस्रो कार्यकालको उहाँको ‘इन्ट्री’ एकपछि अर्को गर्दै खरावतिर उन्मुख भएपछि उहाँको संकेत पनि त्यति सकारात्मक देखिएको छैन । दोस्रो कार्यकालको ‘इन्ट्री’ पछि निकै हौसिनु भएका घिसिङले आर्थिक वर्ष २०७९–८० को सुरुमै २० अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेर देखाउने दाबी गर्दै आउनु भएको थियो ।

यतिसम्म कि प्राधिकरणमा लामो समय व्यथित गर्नुभएका र अनुभवी हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक रहेका बेला घिसिङले शाक्यलाई प्राधिकरणको नाफा घटाएको, विद्युत आपूर्ति अनियमित भएको र चुहावट बढाएको जस्ता आरोप लगाएर कमजोर बनाउने र कुर्सी हत्याउने खेलमा आफूलाई अहोरात्र समाहित गराउनु भएको थियो ।
३३ वर्ष भन्दा बढी प्राधिकरणमा रहेर प्राधिकरण राम्ररी बुझ्नु भएका शाक्यले आफ्नो चारवर्षे कार्यकालमा प्रतिव्यक्ति ऊर्जा खपत ५०० युनिट पुर्याउने, संस्थागत विकास योजनालाई अद्यावधिक गरी कार्यान्वयन गर्ने जस्ता योजना बनाउनु भएको थियो ।

त्यतिमात्रै होइन उहाँले निर्माणाधीन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको निर्माण सम्पन्न गर्ने, दूधकोशी, माथिल्लो अरुणजस्ता रुपान्तरणकारी आयोजनाको निर्माण अगाडि बढाउने जस्ता योजना बनाउनु भएको थियो ।

त्यतिमात्रै होइन उहाँले निर्माणाधीन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको निर्माण सम्पन्न गर्ने, दूधकोशी, माथिल्लो अरुणजस्ता रुपान्तरणकारी आयोजनाको निर्माण अगाडि बढाउने जस्ता योजना बनाउनु भएको थियो

विद्युत चुहावट नियन्त्रण, विश्वसनीय विद्युत वितरण प्रणालीका लागि प्रणालीको सुदृढीकरण तथा विस्तारका काम प्राथमिकताका साथ अगाडि बढाइने योजना पनि उहाँले बनाउनु भएको थियो ।

तर, शाक्यले यी योजनालाई पूर्णता दिन नपाउँदै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकटको पगरी गुथेर दोस्रो पटक कार्यकारीको पद हत्याउन घिसिङ सफल हुनुभयो । उहाँले कार्यभार सम्हालेदेखि नै प्राधिकरणमा एकपछि अर्को समस्या देखिन थालेका छन् । प्रसारण लाइन निर्माणको गति अहिले सुस्त छ । त्यति मात्रै होइन विद्युत्लाई घरघरमा पु¥याउने वितरण प्रणाली, ट्रान्सफर्मर आदि पनि उहाँको ६ वर्षे कार्यकालमा क्षमतायुक्त बन्न नसकेको तितो यथार्थ सबैका सामू छर्लङ छ । यसले एकातिर उत्पादन भएको बिजुली खेर जाने र अर्कोतिर अँध्यारोमा बस्नुपर्ने बाध्यतालाई अझै विकराल बनाउने निश्चित जस्तै छ ।

कुनै समय आफूले लोडसेडिङ अन्त्य गरेको र प्राधिकरणमा आफू बाहेक कोही पनि योग्य नभएको भन्दै हिँड्नु भएका घिसिङले दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेपछि अघोषित लोडसेसिङको मार खेप्न सर्वसाधारण बाध्य भएका छन् । झ्याप्पझ्याप्प बत्ती जाने, भोल्टेज नपुगेर मशिन नचल्ने लगायत अघोषित लोडसेडिङको समस्याबाट उद्योगी र सर्वसाधारण आजित भएका छन् ।

तर, लोकरिझाँईमा रमाउने घिसिङले लोडसेडिङको तालिका निकाल्ने र आफू वदनाम हुने आँट अझै गर्न सक्नु भएको छैन । तर, लोडसेडिङ भने वर्खामा पनि झेल्न सर्वसाधारण बाध्य छन् ।

तर, लोकरिझाँईमा रमाउने घिसिङले लोडसेडिङको तालिका निकाल्ने र आफू वदनाम हुने आँट अझै गर्न सक्नु भएको छैन । तर, लोडसेडिङ भने वर्खामा पनि झेल्न सर्वसाधारण बाध्य छन्

यतिसम्म कि घिसिङले आफू केही समय पद बाहिर रहेका बेला हितेन्द्रदेव शाक्यका विरुद्धमा विभिन्न आरोप लगाएर भित्रि योजना अनुसार नै हटाइ जबरजस्ती पदमा आउने हर्कत गर्नुभएको थियो । त्यतिबेला घिसिङले शाक्यलाई लगाउने आरोप भनेको नै नाफा घटाएको भन्ने थियो ।

तर, अहिले उहाँले पद सम्हालेपछि प्राधिकरणको नाफा ओरालो गतिमा लागेको बुझिएको छ । अघिल्लो आर्थिक वर्ष आर्थत २०७८–७९ मा प्राधिकरणले १६ अर्ब १६ करोड नाफा गरेको थियो । घिसिङले चालु आर्थिक वर्ष (आव) मा २० अर्व नाफा गर्ने प्रक्षेपण गर्नुभएको थियो । तर, उक्त प्रक्षेपण भन्दा झण्डै ८ अर्ब रुपैयाँ रुपैयाँ घटेको बुझिएको छ ।
अहिले ठोस तथ्याङ्क सार्वजनिक भएको छैन । तर, प्राधिकरणले तयार गरिरहेको चालू आवको वित्तीय विवरणका अनुसार यस वर्ष नाफा घट्नुका साथै अन्य क्षेत्रमा समेत नकारात्मक असर देखिएको स्रोतले जानकारी दिएको छ ।

प्राधिकरणका एक अधिकारीका अनुसार चालू आवमा संस्थाको खूद नाफा १२ अर्ब ६७ करोड रुपैयाँ मात्र हुने अनुमान गरिएको छ । जबकि, आवको सुरुमा बजेट तथा कार्यक्रम तर्जुमा गर्दा करपछिको खूद नाफा २० अर्ब ७९ करोड रुपैयाँ प्रक्षेपण गरिएको थियो ।

चालू आवमा प्राधिकरणले करीब १ खर्ब रुपैयाँ बराबरको बिजुली बेचेको देखाएको छ । जसमा, आन्तरिक रूपमा करिब ९० अर्ब र बाह्य (भारत) मा ११ अर्ब रुपैयाँको बिजुली बेचिएको छ । जबकि, गत वर्ष भारतमा ३ अर्ब ९३ करोड रुपैयाँको मात्र बिजुली बेचिएको थियो भने आन्तरिक रूपमा बिजुली बेचेर ८४ अर्ब रुपैयाँ आम्दानी भएको थियो ।

चालू आवमा प्राधिकरणले करीब १ खर्ब रुपैयाँ बराबरको बिजुली बेचेको देखाएको छ । जसमा, आन्तरिक रूपमा करिब ९० अर्ब र बाह्य (भारत) मा ११ अर्ब रुपैयाँको बिजुली बेचिएको छ । जबकि, गत वर्ष भारतमा ३ अर्ब ९३ करोड रुपैयाँको मात्र बिजुली बेचिएको थियो भने आन्तरिक रूपमा बिजुली बेचेर ८४ अर्ब रुपैयाँ आम्दानी भएको थियो

प्राधिकरणले चालू आवमा कूल आम्दानीको करिब ६० अर्ब रुपैयाँ बिजुली किन्न (आन्तरिक र बाह्य) मा खरिद भएको तथ्यांक उल्लेख गरेको छ । गत आवमा प्राधिकरणका जलविद्युतगृहबाट २ अर्ब ८१ करोड युनिट र भारतबाट आयातित परिमाण २ अर्ब ८२ करोड युनिट रहेको थियो । जलविद्युत आयोजनाहरू निर्माण सम्पन्न भई प्रणालीमा जोड्ने, विद्यूत निर्यात गर्ने, विद्युत खपत गर्ने ग्राहकको संख्याको वृद्धि जस्ता कुराले पनि नाफामा ओरालो लाग्नु भनेको प्राधिकरणमा घिसिङको अयोग्यता देखिनु हो ।

आफू बाहेक अरु सबै अयोग्य ठान्ने घिसिङले अहिलेसम्म पनि लोडसेडिङ अन्त्य गरेको हौवा फैलाएर सबै कमजोरीलाई ढाकछोप गर्दै आउनु भएको छ । पछिल्लो समय घिसिङ प्राधिकरण बनाउन भन्दा पनि माओवादीलाई दक्षिणा उठाउन आउनु भएको भन्ने आरोप लगिरहेका बेला उहाँले प्राधिकरणमा सकारात्मक संकेत देखाउन नसक्नुले ‘चितुवा पनि कराउनु, बाख्रो पनि हराउनु’ भन्ने उखान चरितार्थ भएको हो भन्ने हल्ला पनि प्राधिकरण भित्र चल्न थालेको छ ।

हामीले प्राधिकरणको नाफा यो वर्ष किन घट्यो ? भनेर जानकारी लिन खोज्दा प्राधिकरणका प्रवक्ता समेत रहनु भएका सुरेशबहादुर भट्टराईले त्यो विषयमा आफूलाई थाहा नभएको भन्दै कुराकानी गर्न चाहनु भएन । अर्का एक कर्मचारीले केही हप्ता भित्र सबै तथ्याङ्क बाहिर आउने भन्दै अहिले यसै हो भन्न नसकिने बताउनुभयो । अरुलाई आरोप लगाएर नथाक्ने घिसिङले नैतिक जिम्मेवारी लिनुहोला कि अयोग्य भएर पनि कुर्सीमा टाँसिरहनु होला । त्यो भने समयले नै बताउला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *