नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दैछ ।

नेपाल राष्ट्र बैंकले आइतबार बिहान सञ्चालक समिति बैठक डाकेकाे छ । बैठकले मौद्रिक नीति पारित गरे पश्चात गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी गरेकाे स्रोतले जनाएको छ ।

मौद्रिक नीति अगाडि गत शुक्रबार मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसनले गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको थियो ।

राष्ट्र बैंकले वैदेशिक मुद्राको सञ्चितिलाई असर नगर्ने, ब्याजदर नियन्त्रण गर्ने लगायतका उपायसहित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।

विशेषगरी ब्याजदर नियन्त्रण र कर्जा लगानीमा उदार हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने निजी क्षेत्रको माग छ।