बाढीले बगाउँदा समाखुसीका एक बालक बेपत्ता

काठमाडौं,७ साउन । काठमाडौंको सामाखुशीमा आएकाे बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।

भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।

विद्यालय गएर आइसकेपछि खेल्नका लागि भनेर निस्केका उनलाई सानो खोल्सीले बगाएको स्थानीयले बताए।

बालक बगाएको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गाेंगबु, प्रहरी बृत महाराजगञ्ज र नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद व्यवस्थापन टाेलीले खाेजिकार्य जारी राखेकाे छ ।