रियलमी ११ प्रो सिरिज नेपाली बजारमा उपलब्ध
काठमाडौं, ९ साउन । रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा आएकाे छ । रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरिएको हो ।
रियलमीका नेपालका कन्ट्री हेड मुनिश गिरीले नयाँ रियलमी ११ प्रो प्लस ५जी को डिजाइन र क्यामरामा व्यापक अपग्रेड गरिएको बताएका छन् । जसले गर्दा यो फोटोग्राफर, गेमर लगायत स्टाइलिस स्मार्टफोन बोक्न रुचाउने जो सुकैको लागि पहिलो रोजाइ बन्ने उनले बताए ।
रियलमी ११ प्रो प्लस ५ जी १२/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६१,९९९ रहेको छ । रियलमी ११ प्रो प्लस ५ जी दुईवटा कलर अप्सनहरूमा उपलब्ध छ : सनराइज बेज र ओएसिस ग्रीन । त्यस्तै रियलमी ११ प्रो ५ जी ८/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४७,९९९ रहेको छ । रियलमी ११ प्रो ५ जी दुईवटा कलर अप्सनहरूमा उपलब्ध छ ।
