नेप्सेसँगै घट्यो कारोबार रकम
काठमाडाैं, ९ साउन । साताकाे तेस्राे काराेबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। दिन नेप्से परिसूचक ३६.१९ अंक घटेर २१६४.३१ विन्दुमा पुगेकाे हाे ।
यस दिन सेन्सेटिभ इण्डेक्स ७.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८१ अंक घटेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ ।
अघिल्लो कारोबार दिन साढे ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६७ स्टकको ५३ हजार ५७० पटकको कारोबारमा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
किसान लघुवित्तको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा नै कारोबार भएको छ। त्यसैगरी, यस दिन सिटि होटलको शेयरमूल्य ७.७४ प्रतिशत बढेको छ। यस दिन नबिल बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ६.८७ प्रतिशत घटेको छ भने बिपिडब्लु लघुवित्तको शेयरमूल्य र सानिमा बैंकको ऋणपत्रको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.२२ प्रतिशत बढेको छ।
