बोटलर्स नेपालले जित्यो बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टको लागि गोल्ड अवार्ड

काठमाडाैं, ९ साउन । बोटलर्स नेपाल लिमिटेडलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानद्वारा बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टको लागि गोल्ड अवार्ड प्रदान गरेकाे छ ।

चार्टर्ड एकाउन्टेन्ट्स संस्थानद्वारा आयोजित एक कार्यक्रममा म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरी अन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट २०२२ को लागि गोल्ड अवार्ड प्रदान गरिएको हाे ।

आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर, र ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनको लागि बोटलर्स नेपाल लिमिटेडलाई यो अवार्ड प्रदान गरिएको हो ।

बोटलर्स नेपाल (तराई) लिमिटेडलाई २०२२ को लागी सोही श्रेणीमा आईक्यानद्वारा मेरिट अवार्ड पनि प्रदान गरिएको थियो। बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले आफ्नो कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्स माथि गर्व गरेकाे छ ।