सुनको मूल्य बढेर उच्च विन्दुनजिक पुग्याे

काठमाडौं, ११ साउन । बिहीबार सुनको मूल्य बढेर उच्च विन्दुनजिक पुगेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ८०० रुपैयाँले बढेर कारोबार भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यो हालसम्मकै उच्च मूल्यभन्दा तोलामा १०० रुपैयाँले कम हो । यही साउन ४ गते सुन प्रतितोला एक लाख १३ हजार ६०० रुपैयाँमा करोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि प्रतितोला ८०० रुपैयाँले बढेर एक लाख १२ हजार ९५० रुपैयाँमा काराेबार भएकाे छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर कारोबार भएको छ ।