पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध
चितवन, १४ साउन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा फेरी अवरुद्ध भएको छ ।
आज विहान उक्त सडकखण्डमा पहिरो खस्दा यातायात फेरी अवरुद्ध भएको हाे । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो ।
पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेकाे प्रहरीले जनाएकाे छ ।
पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक पण्डितले बताउनुभयो । पहिरोका कारण यस सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ ।