नेप्सेमा सामान्य सुधार
काठमाडाैं, १५ साउन । साेमबार नेप्सेमा सामान्य सुधार आएकाे छ ।
पाँचवटा कारोबार निरन्तर ओरालो लागेको नेप्से यस दिन भने सामान्य बढेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ५.८४ अंक बढेर २१०६.१८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१८ अंक बढेको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । यस दिन २६२ स्टकको ४० हजार ३०३ पटकको कारोबारमा १ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको ५५ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार सनराइज ब्लुचिप फण्डको इकाईमूल्य सर्वाधिक ७.१० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बलेफी हाइड्रोपावरको शेयरमूल्य ५.७९ प्रतिशत बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ४.३१ प्रतिशत घटेको छ।
कारोबारमा रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशत बढेको छ।