नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुन सहमत

काठमाडौं, १६ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतको उपस्थितिमा मंगलबार बिहान भएको छलफलमा नाउपा सुदूरपश्चिम सरकारमा सहभागी हुन सहमत भएको हो ।

बैठकमा नागरिक उन्मुक्तिले २ मन्त्री पाउने सहमति भएको छ । नाउपाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र १ राज्यमन्त्री पाउने भएको नेता रेशमलाल चौधरीले बताउनुभयाे ।

त्यस्तै प्रदेश सभाका २ वटा समितिको सभापति पनि नाउपाले पाउने सहमति भएको छ ।

नाउपाको बुधबार बस्ने संसदीय दलको बैठकले सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने छन् ।

यसअघि सोमबार पनि प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ, नेता रेशमलाल चौधरी लगायतसँग छलफल गर्नुभएकाे थियाे ।