नेप्से परिसूचक २८.५९ अंक घट्याे
काठमाडाैं, १६ साउन । मंगलबार नेप्से परिसूचक २८.५९ अंक घटेर बन्द भएकाे छ । यस दिन नेप्से परिसूचक घटेर २०७७.५८ विन्दुमा पुगेकाे छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ५.१३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५१ अंक घटेको छ।
यस दिन २६२ स्टकको ४० हजार ८३७ पटकको कारोबारमा १ अर्ब ९२ करोड ४४ लाख रुपैयाँ बराबरको ६० लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ३५ स्टकको मात्र मूल्य बढेको छ। यद्यपि ती स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य यस दिन सर्वाधिक ६.५४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन अप्पर तामाकोशी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको ६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन १३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.३५ प्रतिशत बढेको छ।