‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा
काठमाडौं, १६ श्रावण । केएल दुगड ग्रुपले ज्ञान ब्राण्ड अन्तर्गतको नयाँ उत्पादन बजारमा ल्याएकाे छ ।
दुगड ग्रुपले ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी औपचारिक रुपमा सार्वजनिक गरेको हाे ।
क्याफेजा रिच रोस्ट ह्यान्डपिक गरिएको कफी बिनहरूबाट तयार गरिएको हो । जसमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण समावेश छ, कफी प्रेमीहरूका लागि ज्ञान क्याफेजा रिच रोस्ट कफी एक उत्कृष्ट रोजाई बन्ने कम्पनीले बिश्वास लिएकाे छ ।
उच्च गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधिका अनुभवी र कुशल विशेषज्ञहरूले कफीलाई विभिन्न विधिहरूको माध्यमबाट परीक्षण र उपभोगको लागि उत्कृष्ट प्रमाणित गरेका छन्।
कफी प्रेमीहरूले अब ज्ञान क्याफेजा कफी डिपार्टमेन्ट स्टोरहरू, दराज अनलाइन तथा किराना पसलहरुमा खरिद गर्न सक्नुहुनेछ ।
